प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा संक्रमण, काम कारवाही प्रभावित
नेपालबहस संवाददाता
असोज ४, २०७७ सोमबार १:१२:६
४ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।
एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए ।
अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार