भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा
नेपालबहस संवाददाता
असोज ४, २०७७ सोमबार २:५:१५
४ असोज, पोखरा । हिजो मात्रै प्रधानमन्त्री केपी ओलीले “म भ्रष्ट्राचार पनि गर्दिन र गर्न पनि दिन्न” भन्दै टुडिखेलमा कुर्लिए । उनले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यसो भनिरहँदा पेट मिचिमिची हाँस्नेहरुको कमी थिएन् । सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा प्रधानमन्त्री ओलीको उक्त भनाईलाई गजडीको गफसँग तुलना गर्नेहरुकै बहुमत दखिन्थ्यो ।
नहोस् पनि किन ? उनले सार्वजनिक मञ्चबाट त्यसो भनेकै अघिल्लो दिन पोखरा उपमाहनगरपालिकाका एकजना भ्रष्ट्राचार बिरोधि कर्मचारीको बिना कारण मन्त्रालयमा काज सरुवा गरिएको थियो । उनको दाष के मात्रै थियो भने महानगरपालिका भित्र भैरहेका भ्रष्ट्राचार र अनियमितताको पोल खोल्नु ।
महानगरपालिकामा भएको ढुङगा, बालुवा र गिट्टीको ठेक्का घोटाला प्रकरण बाहिर ल्याउन भूमिका खेल्ने उपसचिव (लेखा)लाई अचानक मन्त्रालयमा तानिएकाे छ । बर्षौदेखि पोखरा महानगरपालिकामा रजगज गरि भ्रष्ट्राचार र अनियमिततामा रमाएको गिरोहले महानगरका नवौं तहका लेखा अधिकृत जयराम पौडेललाई मन्त्रालयमा काज सरुवा गरेको हो । गत भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव पौडेललाई बिना कारण ३ महिने काजमा मन्त्रालय तानेको हो ।
पौडेललाई बिना कसुर मन्त्रालयमा काज तानेपछि नेपाल निजामति कर्मचारी युनियन (संघ) ले कडा आपत्ति जनाउँदै आस्थाका आधारमा गरिएको निर्णय सच्याउन माग गरेको छ । युनियनका उपमहासचिव दुर्गा फुयालले एक विज्ञप्ति जारी गर्दै कर्मचारी समायोजन ऐन, निजामति सेवा नियमावली तथा समायोजनको मर्म विपरित भएको ठहर गर्दै नसच्याए संघ कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक सुशासनमा बिगतदेखि वर्तमानसम्म अहोरात्र खटिने उपसचिव पौडेलले संस्थागत भ्रष्ट्राचारलाई न्युन गर्न र आर्थिक हिनामिना रोक्ने अभियान नै चलाएका थिए । “चोरलाई चौतारो साधुलाई सुली” भने जस्तै मन्त्रालयले समायोजन भैसकेपछि चालेको यो कदम गैह्रकानुनी भएको कर्मचारी युनियनले दावी गरेको छ ।
र याे पनि…….पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई !
नेकपाबाट निर्वाचित पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतको भ्रष्ट गिरोहले आफ्ना काला कर्तृत छोप्न दुई तिहाई सरकारका आडमा पौडेलको काज सरुवा गराएको आरोप सो महानगरकै एकजना कर्मचारीले नाम नबताउने शर्तमा लगाएका छन् ।
पोखरा महानगरपालिकामा यो ३ बर्षको अवधिमा करोडौंको भ्रष्ट्राचार र अनियमितता भएको भन्दै कर्मचारी संघसंस्था, नागरिक समाज लगायतबाट चर्को आलोचना र धर्ना, जुलुस र आन्दोलनका कार्यक्रम पछिल्लो समय निरन्तर भैरहेका छन् । अख्तियारमा समेत दर्जनौं सप्रमाण उजुरीहरु पर्दा पनि सत्ताको आडमा छानाविनलाई प्रभावित पार्ने काम भैरहेको आरोप पनि नागरिक समाजले लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार