पश्चिम जाजरकोटमा सुरक्षा माग
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १३:४८:१४
५ असोज, जाजरकोट । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् ।
सोचेकोभन्दा फरक मागको ओइरो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी अचम्मित भएका हुन् ।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकीको माग, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन् । वर्षौँदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्याउन समेत स्थानीयवासीले मन खोलेर माग राखेका छन् । प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतङ्कले हैरान भएको भन्दै नगरपालिकाका नगरप्रमुखले चिन्ता व्यक्त गरे । “हरेक योजनाबाट चन्दा उठाएर हैरान बनाएका छन्, यसरी कसरी काम हुन्छ रु”, उनले प्रश्न गरे। प्रजिअ बरालले प्रहरी चौकीको स्थापना गर्न आफूले पहल गर्ने आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार