प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने तयारी भएपछि सचिवालय बैठक स्थगित
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १८:३०:२८
५ असोज, काठमाडौं । सहमतिको खाकासहित नेकपाको सचिवालय बैठक बस्दा मन्त्रीहरुको छनौटमा किचलो हुने देखेपछि आजका लागि निर्धारित बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीमाथि मन्त्री बनाउने विषयमा सचिवालय बैठकले अप्रिय निर्देशन दिने तयारी भईरहेको बुझेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो । पूर्व माओवादी केन्द्रीय कार्यालय रहेको कोटेश्वरको पेरिसडाँडास्थितमा हिजो भएको सचिवालय बैठकमा सहभागीहरुले मन्त्रीहरुको नाम नै पारित गर्ने अवस्था देखेका ओलीले आजको बैठक एकाएक स्थगित गरे ।
बालुवाटार निकट स्रोत भन्छ– आज गृहकार्य नगरी बैठक गरेको भए सचिवालयले प्रधानमन्त्री ओलीका लागि अप्रिय निर्णय गर्ने अवस्था थियो । त्यसैले यसबारे दुई अध्यक्षले साझा खाका तयार गरेर जाने वातावरण तयार गरिने छ । सचिवालय बैठकले राष्ट्रियसभा सदस्य रहेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्रालय नै तोकेर मन्त्री बनाउने अवस्था देखिएकोले बैठक स्थगित गर्नुपरेको हो – स्रोतले भन्यो ।
गौतम र श्रेष्ठलाई मन्त्रीमण्डलमा ल्याउन ओली तयार थिए । तर त्यसको जस अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले लिन खोजेको आभास भएपछि ओली हच्किएका हुन् । ओलीलाई नियन्त्रण गर्न गौतम र श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालय जिम्मा लगाउने गरी निर्णय गराउने तयारी भएको थियो । आज सचिवालय बैठक बसेको भए त्यही अनुरुपको निर्णय हुनेवाला थियो– स्रोतको दाबी छ ।
त्यसैले प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग छलफल गरेपछि मात्रै पुनर्गठनबारे ठोस प्रस्ताव तयार गर्ने उनले बताए । आज दिउँसो नै ओली र प्रचण्डबीच वालुवाटारमा छलफल गर्ने तयारी भएको पनि स्रोतले बतायो । प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने गरी गौतम र श्रेष्ठलाई क्याबिनेटमा पठाउने कसरत भएको भन्दै ओली आक्रोशित भएका छन् ।
यसबारे आज प्रचण्डसँग कुरा हुने छ– स्रोतले भन्यो । साथै, गौतम र श्रेष्ठको राष्ट्रियसभा सदस्य र मन्त्री बन्ने विषय न्यायिक परीक्षणको विषय हुने भन्दै ओलीले केही समय मन्त्रिपरिषद पुनर्गठन नगर्ने प्रस्ताव राख्ने बुझिएको छ । गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न रोक लगाउन भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।
यसको छिनोफानो नभएसम्म मन्त्रिपरिषद पुनर्गठनको विषय थाँती राख्न ओली सहमत भएका छन् । तर प्रचण्ड भने तत्कालै पुनर्गठन गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ । आज यसै सन्दर्भमा दुई अध्यक्षबीच खुलेर कुरा हुनेछ – स्रोतले भन्यो ।
हिजोको सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्न अध्यक्षद्वयलाई जिम्मा दिएकाले पनि थप छलफल आवश्यक भएको बताइएको छ ।
हिजोको बैठक मन्त्रिपरिषद पुनर्गठन र गौतमको राष्ट्रियसभा प्रवेशकै सन्दर्भमा केन्द्रित थियो । कार्यकारी अध्यक्ष प्रचण्डलगायत प्राय सबैले घुमाइफिराई गौतम र श्रेष्ठलाई मन्त्री बनाउनुपर्नेमा केन्द्रित भएकाले नै ओलीमाथि दबाब बढेको हो ।
प्रधानमन्त्री ओली आफैं गौतम र श्रेष्ठलाई मन्त्री बनाउन तयार भएका बेला प्रचण्ड र नेता नेपालले अनावश्यक रुपमा खेल्न थालेको भन्दै यस्तो मनोविज्ञानमा काम गर्दा पार्टी एकताले साकार रुप लिनेमा आशंका गर्न सकिन्छ– ओली निकट स्रोतको भनाई छ । त्यसैले अब मापदण्ड बनाएर मात्रै पुनर्गठन गर्ने पक्षमा ओली पुगेका छन् । राम्रो काम गर्नेलाई निरन्तरता दिन ओली सकारात्मक छन् ।
तर सचिवालय सदस्यहरु भने सकेसम्म नयाँ टिम बनाएर जाने पक्षमा देखिएका छन् । त्यसो गर्दा ओलीलाई नियन्त्रण गर्न सजिलो हुने बुझाई प्रचण्ड नेपाल पक्षको रहेको छ । कार्यकारी अध्यक्ष प्रचण्ड यतिबेला ओलीसँग मिलेर जान तयार छन् । तर भित्रैबाट ओलीलाई विश्वास गर्न भने सकेका छैनन् । त्यसैले कतिपय मुद्धामा उनी नेता नेपालसँग निकट सम्बन्ध राखेर काम गर्न चाहन्छन् । मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा समेत उनी नेता नेपालको अजेण्डासँग सहमत देखिएका छन् ।
त्यसैले प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफ्नो अजेण्डामा ल्याउन फकाउने पक्षमा रहेका छन् । मोडालिटी बनाएर पुनर्गठन गर्ने विषय पनि त्यसैको एउटा अंश मात्र हो । तर दुई जना अध्यक्ष मात्रै बसेर तयार गरिने मोडालिटीप्रति गौतम भने सकारात्मक देखिएका छैनन् । हिजोको बैठकमा उनले कसलाई के अधारमा मन्त्री बनाउने भन्ने विषय दुुई अध्यक्षले मात्र नगरी सचिवालय बैठकले नै गरोस् भन्ने प्रस्ताव राखेका थिए ।
ओलीले आज प्रचण्डसँग मन्त्रिमण्डल पुनर्गठनलगायत संवैधानिक नियुक्तिमा समेत सहमतिको प्याकेज तयार गर्ने भएका छन् । त्यसैका आधारमा कसलाई मन्त्री बनाउने वा हटाउनेसमेत निर्धारण गरिने छ– स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार