वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १९:३९:१०
५ असोज, दमौली । तनहुँको दमौलीस्थित मुख्य चोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो ।
वायुमा हुने प्रदूषणको अवस्था देखाउन तथा यसबाट बच्न र बचाउनका लागि सावधानी अपनाउन डिस्प्ले बोर्डले सहयोग गर्नेछ । बोर्ड जडानका लागि व्यास नगरपालिकाले सवमिटरमार्फत विद्युत् लाइन जडान गरिदिएको छ । डिस्प्ले बोर्डमा जडान भएको सवमिटरमा उठेको विद्युत्को अङ्क(खपत युनिट) अनुसार विद्युत् प्राधिकरणबाट निर्धारण भएको दररेटबमोजिम विभागले व्यास नगरपालिकालाई उपलब्ध गराउनेछ ।
उक्त डिस्प्ले बोर्डमा देशका मुख्यमुख्य शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देख्न सकिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । उक्त डिस्प्ले बोर्डमा धनगढी, धनकुटा, नेपालगञ्ज, विराटनगर, भक्तपुर, दाङ, हेटौँडा, भरतपुर, सौराहा, धुलिखेत, रत्नपार्क, महेन्द्रनगरलगायतका शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देखाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार