गल्याङमा कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २०:४५:४३
५ असोज, स्याङ्जा । गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ । विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख भूपराज अधिकारीले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउन लागेको जानकारी दिए।
उनले भने, “आफ्नो भूगोल र माटो सुहाउँदो काम नगरेसम्म आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन्, त्यसैले यहाँको भौगोलिक अवस्था अनुसार जडीबुटी र कृषिमा विशेष ध्यान दिएर काम गरिरहेको छु ।” “जडीबुटीको पकेट क्षेत्र निर्माण गर्दै सामुदायिक वनमासमेत जडीबुटी खेतीको विस्तार गर्छौ, यसले धेरैलाई रोजगारी लिनुका साथै त्यतिकै खेर गएका वनपाखोको जग्गासमेत सदुपयोग हुने र आयआर्जनमासमेत टेवा पुग्नेछ”, उनले भने।
आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा प्रमुख चिकित्सक सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगसँग जुँधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्नेमा जोड दिए । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले वनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताउँदै वन जङ्गल र हावापानीलाई स्वस्थ्य राख्नु सबैको साझा दायित्व हो भने ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेटक्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने उल्लेख गर्दै वास्तविक किसानले मात्र अनुदान पाउने परिपाटीको विकास हुनुपर्नेमा जोड दिए । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जडीबुटी खेती, पशुपालन र कृषिलाई जोडेर स्थानीय आर्थिक विकास ‘एलइडी’मार्फत वृहत पञ्चवर्षीय योजना बनाउने काम भइरहेको छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार