आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु लाइफको अवस्था तन्नम !
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २३:४६:९
६ असोज, काठमाडौं । सबैभन्दा कान्छाे जीवन बीमा कम्पनी प्रभु लाइफ इन्सुरेन्स लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले औषत भन्दा कमजोर अवस्थामा संचालनमा रहेको बताएको छ । आईपीओ निष्काशन गर्नुपूर्व इन्स्योरेन्सले रेटिङको काम गराएकाे थियाे । इक्राले प्रभु लाइफलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ ग्रेड ४’ रेटिङ दिएको छ ।
इक्राको रिपोर्टलाई आधार मान्ने हो भने कम्पनी कुनै पनि बेला समस्यामा पर्न सक्ने भन्ने बुझिन्छ । कम्पनीको व्यवस्थापकीय र प्रशासनिक काम पनि उच्च कोटीको नभएको, कम्पनी संलग्न रहेको व्यवसायको मूल्यांकन, यसको व्यवसायमा अन्तरनिहित जोखिम बहन गर्न सक्ने क्षमता र प्राप्त अवसरहरुको प्रवभाकारी उपयोग गर्नसक्ने प्रतिस्पर्धी क्षमताको साथै कम्पनीको वित्तीय स्थितिको मूल्यांकन पनि औषत भन्दा तल रहेको इक्राले पाइएको हाे ।
संस्थागत सुशासनको दृष्टिकोणबाट प्रभु लाइफ कम्पनीको सबल पक्ष भन्दा दुर्बल पक्ष बढी रहेको इक्राकाे प्रतिवेदनमा उल्लेख छ । समग्रमा कम्पनी तन्नम अवस्थामा रहेको बुझिन्छ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ६० लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । आईपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको सो इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
इन्स्योरेन्सले आगामी असोज २९ गते साधारण सभा बोलाएको छ । सभामा २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि रहेका छन् । साधारण सभा काठमाडौं नक्सालस्थित म्यारियट होटलमा बिहान ११ बजे सुरु हुने बताइएकाे छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै
पुष २८, २०८१ आइतबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार