झापामा संक्रमित एक वृद्धाको मृत्यु
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार १:४३:४७
५ असोज, सुरुङ्गा । कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका– ५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको आज निधन भएको हो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झापामा चार पुगेको छ ।
झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमितमध्ये ६७८ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार