युवाको सक्रियतामा शुरु भयाे फेवाताल सफाइ अभियान
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार २:२१:४५
५ असोज ,पोखरा । युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवाताल सरोकारवाला, अभियान र आगामी योजनाको बारेमा जानकारी गराएको छ । लेकसाइड र आसपासका १८ युवाको सक्रियतामा फेवाताल सफाइ अभियान शुरु गरिएको थियो ।
फेवातालको खपौदीदेखि बाराहीघाट, गौरीघाटसम्म सफाइ गरेर करीब २७ सय बोरा फोहोर सङ्कलन गरिएको अभियानका सदस्य विशालजंग थापाले जानकारी दिए । “हामीले १९ डिसेम्बर २०१९ बाट प्रकृति संरक्षणको लागि तीन युवाले मेची महाकाली, कोरला वीरगञ्जको साइकल यात्रा गरेका थियौ, त्यस लगत्तै फेवाताल सफाइ अभियानमा जुटेका हौ, अहिले हाम्रो १८ जना युथको सक्रियता रहेको छ ”थापाले अभियानको उद्देश्य प्रकृती संरक्षण, युवा सक्रियता र जनचेतना रहेको जानकारी दिए । पर्यटन व्यवसायी गणेश भट्टराईले वातावरण फोहोर भए मानसिकतानै फोहोर हुने भएकाले स्वच्छ वातावरणका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले फेवाताल र यस आसपासका प्राकृतिक सम्पदाको सुन्दरतालाई जोगाउनु सबै पोखरेलीको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्नु पर्ने धारणा राखे । नागरिक समाज पोखराका संयोजक विष्णुहरी अधिकारीले सरसफाइ संस्कारको विकास हुन नसक्दा फोहोरको व्यवस्थापन हुन नसकेको बताए । रेवान पोखरका अध्यक्ष भिमसेन भुजेलले युवाको सक्रियताले देशको मुहार फेर्न सक्ने भन्दै फेवाताल स्वच्छता प्रति देखाएको चासो अनुकरणीय भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले फेवातालको सफाइका लागि छुट्टै समिति बनाएर यसको सौन्दर्यकरणका लागि वडाले विशेष कार्ययोजना बनाएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार