अब विदेशमा रहेका नेपालीले मोबाइलबाटै आफन्तलाई रकम पठाउन सक्ने
नेपालबहस संवाददाता
असोज ५, २०७७ मंगलबार ३:४२:१८
५ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले अब मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले मोबाइलमार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको हाे । यस्तो व्यवस्थापछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधान हुने भएको छ ।
केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो । बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्थाका साथमा अतिरिक्त तोकिएको शर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले विद्युतीय प्रणालीलाई थप विस्तार तथा विकास गर्ने लक्ष्यसाथ उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।
नयाँ व्यवस्था पछि नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र बालेट सेवा प्रदान गरिरहेका संस्था वा कम्पनीमार्फत घरमै विप्रेषण प्राप्त गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार