नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १४:१३:७
![](https://nepalbahas.prixacdn.net/media/albums/sabidhan-2_NsqnJChPZf.jpg)
६ असोज, लण्डन । राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको थियो ।
उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा बेलायती संसद्मा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष लर्ड शेख, मञ्चका उपाध्यक्ष लर्ड बिलिमोरिया, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै व्यापार तथा लगानी प्रवद्र्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।
त्यस्तै दोस्रो दिन शनिबार दूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली सङ्गीत महोत्सवको कार्यक्रम आयोजना गरिएको थियो । उक्त दिन राजदूत डा सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टावासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सम्माननीय राष्ट्रपतिज्यू एवं सम्माननीय प्रधानमन्त्रीज्यूका शुभकामना सन्देशहरु पढेर सुनाएका थिए ।
त्यसैगरी तेस्रो दिन आइतबार दूतावासले नेपाल–आयरल्याण्ड समाज एवं आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्शसँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीबारे बृहत् अन्तक्र्रिया सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार