आज नेकपाको सचिवालय बैठक बस्दै
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १५:९:५७
६ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटरमा मध्यान्न साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको हाे।
अघिल्लो बैठक तत्कालीन माओवादीको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको भए पनि आजको बैठक भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने भएको हो।
आइतबारको बैठकमा पार्टीलाई सशक्त बनाउन आयस्रोत नभएका केन्द्रीय सदस्यलाई जीवीकोपार्जनमा सहज हुने गरी मासिक रकम दिने विषयसमेत छलफलमा आएपनि यसबारे ठोस निर्णय भने भएको छैन ।
आजको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार