हात्तीको समूहले वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १५:२०:१३
६ असोज, सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतङ्कित बनेका हुन् ।
गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ । स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको हिलट्याङ्कमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए।
स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताउनुभयो । सोमबार पनि नौवटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२ स्थित पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरुले बताए । बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्याउँदासमेत हात्ती नियन्त्रण हुनसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार