पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १७:७:२०
६ असोज ,रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ ।
गाडीको क्षमता क्रमशः ३० र १० भए पनि जनाको भए पनि यात्रुको सङ्ख्या भने बढीमा दश र चार मात्र देखिएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले जानकारी दिए । अबका दिनमा बढ्न सक्ने सवारी साधन चापलाई ध्यानमा राखी ट्राफिक व्यवस्थापन मजबुत पारिसकिएको बताइएको छ । लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारको निर्णय क्रमिक रूपमा कार्यान्वयन हुन थालेपछि अन्यत्र स्थानमा रोकिएका ग्रामीणवासी आफ्नो थातथलोतर्फ फर्किन थालिसकेको स्थानीयवासी टङ्कप्रसाद ढकालले जानकारी दिए ।
कोभिड–१९ रोकथामका लागि यात्रुले स्वास्थ्यको मापदण्ड पूरा गरेको देखिएको बताइएको छ । कोरोना नियन्त्रणका लागि लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवाको सुरक्षा र यात्रामा यात्रुले गर्न सक्ने गैरकानूनी क्रियाकलाप रोक्न आवश्यक सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
पासाङल्हामु राजमार्गका अधिकांश स्थान लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले सवारी साधनमा यात्रा गर्ने यात्रु वा अन्य मालवाहक सवारी चालकलाई सबै सामग्री सुरक्षा जाँचचौकीमा परीक्षण गराउनसमेत आग्रह गरिएको निकुञ्जले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार