त्रिविबाट नेबिसंघ केन्द्रीय समितिका बिद्यार्थी नेताहरु गिरफ्तार
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १८:११:४
६ असोज, काठमाडौं । नेविसंघ त्रिभुवन विश्वविधालय समितिले गरेको आन्दोलन थप सशक्त भएकाे छ । । आन्दोलनका क्रममा भर्खरै नेविसंघ त्रिभुवन बिश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, नेविसंघ नेता दीपक ओझा, रुपेश शाह लगायतका नेताहरूलाई त्रिभुवन बिश्वविद्यालय परिसरबाटै प्रहरीले गिरफ्तार गरेको छ।
विश्व विद्यालयमा ब्याप्त बिकृति, बिसंगति, बेथिति, भ्रष्टचार एवं विश्व विद्यालयलाई नेकपाकाे कार्यकर्ता भर्तिकेन्द्र बनाउने र कब्जा गर्ने दुषित मनसायका बिरुद्ध नेबिसंघ त्रिवि समितिका नेताहरुले स्थानिय स्तरमा गरिरहेका र गर्ने सबैखाले शान्तिपूर्ण प्रदर्शन र गतिविधिप्रति नेबिसंघ केन्द्रीय समितिले ऐक्यबद्धता जनाएकाे छ ।
वार्ता, संवाद, छलफल र समन्वयमार्फत सामाधान पहिल्याउनुको साटो उल्टै बिद्यार्थी माथि दमन, धरपक्कड र प्रहरी प्रशासनको बलमा आफ्नो कुत्सित मनशाय पूर्ति गर्ने खेलमा विश्व बिद्यालय उद्यत भएको केन्द्रीय समितिले ठहर गरेकाे छ ।
यसैबीच,नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले पक्राउ परेका केन्द्रीय समितिका बिद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन । उनले मंगलबार एक विज्ञप्ती जारी गरि वार्ता र संवादमार्फत नेबिसंघका जायज मागहरु पूरा गर्न विश्व बिद्यालयको गम्भिर ध्यानाकर्षण गराएका हुन ।
महामन्त्री तिमल्सिनाले साेही विज्ञप्तीमार्फत अन्यथा यसबाट उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न तैयार रहन पनि गम्भिर चेतावानी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार