युवानेता पुरी जनसम्पर्क समितिको केन्द्रीय सदस्यमा मनोनित
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १८:५८:०
६ असोज, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका युवानेता, युवा उद्यमी शेषकान्त पुरी कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो मनोनित गरेका ३४ जनाको लिष्टमा युवानेता पुरी पनि छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएशनका सल्लाहकार समेत रहेका पुरी स्याङ्जाका तरुणहरुका ढुकढुकी , समाजसेवी र बौद्धिक युवा उद्यमीका रुपमा पनि परिचित छन् । स्याङ्जाली जनताका लागि सदा सहयोगी हातहरु फैलाईरहने युवानेता पुरीको मनोनयनलाई लिएर देशविदेशमा रहेका स्याङ्जालीहरुमा खुशी छाएको छ र उनलाई बधाई र शुभकामना दिनेहरुको ओईरो लागेको छ ।
जनताको लोकतान्त्रिक अधिकार प्राप्तिको अभियानमा मरिमेटेर लागेका पुरीको मनोनयनलाई लिएर स्याङ्जाली तरुणहरुले गौरवको अनुभुति गरेका छन् । आगामी दिनमा उनले पाएको महत्त्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै समग्र स्याङ्जा कांग्रेसको राजनीतिमा कोषेढुङ्गा सावित हुँदै नयाँ आयाम थपिनेमा यतिबेला स्याङ्जालीहरु विश्वस्त रहेका छन् ।
स्याङ्जाली भनेपछि जुनसुकै विचारधाराका जनता भएपनि सहयोग गर्न लालायित हुने युवानेता पुरी जुझारु एवं कुशल संगठनकर्ताका रुपमा समेत परिचित छन् । स्याङ्जाको चापाकोट नगरपालिका स्थायी ठेगाना भएका पुरी सफल मेनपावर व्यवसायी पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार