कांग्रेस आत्मघाती बाटोतिर त छैन् ?
इन्द्र रिजाल
असोज ६, २०७७ मंगलबार २०:१६:३
समाचार टिप्पणी
६ असोज, काठमाडौं । देशकै पुरानो र ऐतिहासिक योगदान रहेको नेपाली कांग्रेस अहिले मरिच झैं चाउरिएको छ । मुलुकमा तीन तीनपटक जनक्रान्तिको नेतृत्व गरेको कांग्रेस यतिखेर नेपाली कम्युनिष्ट पार्टीको अघोषित सत्ता साझेदार बनेको छ । जसले गर्दा पार्टीप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै आकर्षण खुम्चिएको छ । त्यसको मूलकारण भनेकै पार्टी नेतृत्वमा रहेका सभापति शेरबहादुर देउवाको अदूरदर्शी कार्यशैली र व्यवहार देखिएको छ ।
लोकतन्त्रकै पर्यायका रुपमा स्वीकारिएको कांग्रेस समकालिन नेपाली राजनीतिको सबैभन्दा कुरुप क्षणमा रहेको छ । कांग्रेसको क्रान्तिकारी छवि र चरित्र देउवा कार्यकालमा विकृत र क्षतविक्षत बनेको छ । कांग्रेसप्रति कुनैपनि पुस्ताको नातासाइनो जोडिएको छैन । युवा वर्गका लागि त कांग्रेस राजनीतिको सबैभन्दा टाढाको शक्ति बन्न पुगेको अवस्था छ ।
इतिहासको कालखण्डमा कांग्रेस कुनैबेला सबैको आशा र भरोशाको केन्द्र थियो । त्यसैले यो पार्टीको नेतृत्वमा पुगेकाहरुले विगतमा ठूलो त्याग र तपस्या गरेका हुन् । बीपी कोइराला, सुवर्णशम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेताहरु कांग्रेसको आइकन बन्न पुगेका थिए । त्यही पार्टी अहिले कसैका लागि पनि चाहिएको छैन । तर देउवा जस्ता पात्रका लागि भने कांग्रेस सधैं फापिरहेको छ । उनी सत्तामा रहँदा होस् वा विपक्षमा रहँदा किन नहोस् कांग्रेस भजाएर आफ्नो दुनो सोझ्याउन सफल भएकै छन् ।
अझै संविधान र विधानको छिद्र समाएर ६ महिना कार्यकाल थप्न उनी अग्रसर भएका छन् । त्यही प्रयोजनका लागि यही असोज १९ गते कार्यसमिति बैठक डाकेका छन् । उक्त बैठकबाट आउने भदौ महिनासम्मका लागि महाधिवेशन गर्ने समय लम्ब्याउने निर्णय गराउँदैछन् ।
त्यसैले सकेसम्म महाधिवेशन नगरेरै आफ्नो कार्यकाल लम्ब्याउन अभिशप्त छन् । कार्यसमितिको चारवर्षे कार्यकाल पूरा भई एकवर्षको अवधिसमेत सकिन लाग्यो । आगामी फागुनमा उनी नेतृत्वको कार्यसमितिको थपिएको कार्यकालसमेत पूरा हुँदैछ । त्यसैले फागुन मै चौधौं महाधिवेशन गर्ने मिति तय भएको छ । तर उक्त समयावधिमासमेत देउवा महाधिवेशन गर्न चाहन्नन् । अझै संविधान र विधानको छिद्र समाएर ६ महिना कार्यकाल थप्न उनी अग्रसर भएका छन् । त्यही प्रयोजनका लागि यही असोज १९ गते कार्यसमिति बैठक डाकेका छन् । उक्त बैठकबाट आउने भदौ महिनासम्मका लागि महाधिवेशन गर्ने समय लम्ब्याउने निर्णय गराउँदैछन् ।
कांग्रेस विधानले सभापतिलाई ६ महिना भित्र विभाग गठन गर्ने जिम्मेवारी दिएको छ । तर उनले पाँच वर्ष समय व्यतित गरेपछि मात्रै विभाग गठन गर्न थालेका छन् । पार्टी कब्जा गर्ने नियतले उनले यस्ता गैरकानूनी र अनैतिक काम धमाधम गरिरहेका छन् । यसैक्रममा उनले जनसम्पर्क विभागमा हिजै मात्र सदस्यहरु थपेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कडा विरोधका बाबजुद उनले यस्ता काम गरिरहेका छन् ।
यो पृष्ठभूमिमा कांग्रेसप्रति चासो राख्ने हरेकले चिन्ता प्रकट गर्नु स्वभाविक हो । महाधिवेशन तोकिएको मितिमा नभए के होला ? पहिलो जिज्ञाशा यही हो । संविधान कानून र विधानले एक वर्ष लम्ब्याउने छुट दिएको छ । सोही बमोजिम आगामी फागुन भित्र गर्ने गरी कार्यतालिका तयार भइसकको हो । तर कोरोना महामारीले उक्त मितिमा गर्न सम्भव नरहेको तर्क देउवा पक्षले गर्न थालेका छन् । यस्तो अवस्थामा के होला ?
नियम बमोजिम फेरि ६ महिना थप्न मिल्ने छिद्र फेला परेको छ । त्यसैले देउवा आउने भदौ भित्र चौधौं महाधिवेशन गर्न राजी भएको बुझिन्छ । कदाचित उक्त समयमा पनि भएन भने ? वरिष्ठ नेता पौडेलले भनेजस्तै पुरानै कार्यसमितिको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी देउवाको रहेको छ । त्यस्तो स्थिति नआउला भन्न सकिन्न । किनभने देउवा जसरी भएपनि दोस्रो कार्यकालका लागि सभापति बन्न मरिहत्ते गर्दैछन् ।
अर्काे चिन्ता छ– कदाचित भदौ भित्र महाधिवेशन भयो नै भने त्यहाँ स्वच्छता र निष्पक्षताको गुञ्जायस कत्तिको रहला ? स्वभाविक छ – महाधिवेशन प्रभावित पार्न देउवा साम, दाम, दण्ड भेद नीति अख्तियार गर्न कस्सिएका छन् । त्यसैको एउटा रुप हो विभागमा भइरहेको मनोनयन । महाधिवेन स्वच्छ र निष्पक्ष हुने सम्भावना लगभग छैन । त्यसैले आउने महाधिवेशन सम्पूर्ण रुपले धाँधलीयुक्त हुने देखिन्छ ।
तेस्रो जिज्ञाशा हो – कस्तो नेतृत्व । माथिका दुई जिज्ञाशाको निचोड भनेकै देउवाको निरन्तरता हो । देउवा जसरी भएपनि दोस्रो कार्यकालका लागि सभापतिमा दोहरिने दाउमा छन् । त्यसैले कतिपय जिल्लामा समायोजन नै नगरी थन्क्याइदिएको अवस्था छ । त्यसले मतदातामा मनोवैज्ञानिक असर पर्छ नै । देउवा जसरी भएपनि सभापति हुन्छन् भन्ने सन्देश प्रवाहित गरेर मतदातालाई मनोबैज्ञानिक रुपमा प्रभावित पार्न खोजिएको छ ।
२५ वर्षे यौवनावस्थामा देउवाले नेपाल विद्यार्थी संघको नेतृत्व पाए । तर उनले आठ बर्षसम्म नेतृत्व हस्तान्तरण गरेनन् । पार्टीले हस्तक्षेप गरेर मात्रै बलबहादुर केसीलाई कार्यवाहक अध्यक्ष बनाउनुपरेको तीतो इतिहास साक्षी छ । देउवामा सधैं कब्जा गर्ने सोच र प्रवृत्ति हावी थियो ।
लोकतन्त्रलाई जीवन्त राख्ने मुख्य आधार भनेको आवधिक निर्वाचन हो । चाहे आम निर्वाचन होस् वा आन्तरिक । दुबैमा निर्वाचनको भूमिका निर्णायक हुन्छ । तर लोकतन्त्रको पर्याय भनिने कांग्रेस पार्टीमा त्यसको अभ्यास फितलो छ । देउवा नेतृत्वको कांग्रेस सकेसम्म निर्वाचन सामना गर्नै चाहँदैन । त्यसैले आवधिक निर्वाचन देउवाका लागि चासो र प्राथमिकताको विषय हैन । महाधिवेशन समयमा सम्पन्न भयो भने मात्र पार्टी जीवन्त रहन्छ । कार्यकर्तामा उत्साह थप्ने र नेतृत्वमा जाँगर प्रवाह हुनेपनि महाधिवेशनले नै हो ।
तर देउवा कार्यकालमा त्यसको कुनै गुञ्जायस् देखिंदैन । त्यसैको बिम्बका रुपमा देउवा उभिएका छन् । सकेसम्म महाधिवेशन टार्ने उपायको खोजी उनको रुचीको विषय बनेको छ । यही स्थितिको निरन्तरताले कांग्रेसको औचित्य नै समाप्त भई विसर्जनको बाटोमा जाने देखिन्छ । देउवाको जागिर जोगिएला तर कांग्रेस समाप्त हुने छ ।
कतिपयले बुढो पुस्तालाई दोष दिने गरेका छन् । कांग्रेसमा उमेर नै सबै समस्याको कारक भने होइन । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पार्टीको नेतृत्व गर्दा पाको वय भइसकेको थियो । तर उनीहरु तुलनात्मक रुपमा पार्टीलाई सफलतातर्फ अग्रसर गराउन सफलै देखिए । देउवा अहिले ७७ वर्षका भए । त्यसैले उनलाई नेतृत्वबाट विस्थापित गर्नुपर्छ भन्ने कतिपयको तर्क सुनिने गर्छ । विगत हेर्दा देउवामा यो प्रवृत्ति पहिल्यैदेखि मौलाएको पाइन्छ । २५ वर्षे यौवनावस्थामा देउवाले नेपाल विद्यार्थी संघको नेतृत्व पाए । तर उनले आठ बर्षसम्म नेतृत्व हस्तान्तरण गरेनन् । पार्टीले हस्तक्षेप गरेर मात्रै बलबहादुर केसीलाई कार्यवाहक अध्यक्ष बनाउनुपरेको तीतो इतिहास साक्षी छ । देउवामा सधैं कब्जा गर्ने सोच र प्रवृत्ति हावी थियो ।
केवल ४९ वर्षको उमेरमा उनी प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएका बखत देशमा विभिन्न विकृति र विसंगति मौलायो । शूरा सुन्दरी काण्डदेखि प्राडो पजेरो प्रकरण उनैका “बाइप्रडक्ट” थिए । ५८ वर्षे उमेरमा उनले राजा ज्ञानेन्द्रलाई प्रतिगमन गर्ने वातावरण तयार गरिदिए । पार्टी निर्णय विपरित संसद विघटन गरे । त्यसको सबै अपजश नेपाली कांग्रेसले व्यहोर्नुप¥यो । ६० वर्ष नपुग्दै उनले नेपाली राजनीतिलाई विकृत र करुप बनाइदिएका थिए । त्यसैको प्रतिफल नेपाली कांग्रेसले अहिलेसम्म भोगिरहेको छ ।
राम्रो वा नराम्रो गर्न उमेरले अर्थ राख्दैन । नत्र ३७ वर्षकै उमेरमा न्यूजिल्याण्डको प्रधानमन्त्री बनेकी ज्यासिण्डा अर्डन अहिले सबैको आर्कषणको केन्द्र बन्ने थिइनन् । उनको सफलताको प्रमुख आधार भनेको आफ्नो सवल र दुर्बल पक्ष राम्रोसँग केलाउन सक्ने खुबी नै हो । दोस्रो भनेको उनले सधैं सामाजिक नैतिकतालाई उच्च प्राथमिकता दिइन् । तेस्रो गुण भनेको अर्डन कहिल्यै कसैका प्रति पूर्वाग्रही बनिनन् । हरेक पक्षलाई उनले वहुदृष्टिकोणबाट नियालिन् । अर्काे अर्काे महत्वपूर्ण पक्ष भनेको उनी विपक्षीप्रति सधैं उदार सोच राख्छिन् । आफ्ना आलोचकका कुरा सुन्ने मात्र नभई मनन नै गर्ने उनको गज्जबको बानी छ । त्यसैले उनी उमेरमा कम भएपनि राजनीतिमा परिपक्व मानिएकी छन् । अहिलेपनि उनी न्यूजिल्याण्डको कार्यकारी प्रमुख पदमा आसिन छन् ।
उमेरकै कुरा गर्दा मलेसियाका वयोवृद्ध नेता महाथिर मोहमदको कुरा आउने गर्छ । ९४ वर्षको उमेरमा महाथिरले मलेसियाको दोस्रोपटक नेतृत्व गरे । त्यो अवसर उनलाई किन जु¥यो भने उनी निष्कपट छन् । साथै, इमान्दारिता उनको अर्काे गहना हो । कडा मेहनत गर्ने उनमा अनौठो स्वभाव छ । ज्ञानप्रति सधैं भोको छन् उनी । साथै,परिवर्तनप्रति चनाखोसमेत उनी देखिन्छन् । उनमा रहेको सबैभन्दा ठूलो शक्ति भनेको बिनम्रता हो । यही गुणले गर्दा उनले मलेसियालाई कायापलट गराइदिए । जनताले वयोबृद्ध उमेरमा समेत उनको चाहना राखे ।
त्यो क्षमता र गुण नेपालका कुनै नेतामा देखिएन । अझ देउवामा त त्यसको खोजी गर्नु नै मूर्खता हुने छ । यिनै कुरालाई ध्यान दिएर कार्यकर्ताले सही निर्णय लिन सकेमात्र कांग्रेस बौरिन सक्ला, नत्र भीरमा जाने गोरुलाई राम राम भन्न सकिएला, काँध थाप्न सकिन्न ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार