दशैंका लागि खाद्यले ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २०:३२:४४
६ असोज, काठमाडौं । कोरोनाको सङ्क्रमण बढीरहको अवस्थामा नेपालीहरुको महान् चाडपर्व दशैं नजिकिँदै गएको छ । दशैं नजिकिदै गएकाले कोरोना महामारीको बिचमा पनि दशैंलाई राम्रै बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको हो ।
खाद्य कम्पनीले कोरोनाको महामारीले आर्थिक तथा सामाजिक गतिविधि नै ठप्प भएको असहज परिस्थितीका बाबजुद पनि खसीबोका र च्याङ्ग्रा ल्याउने निर्णय गरेको छ ।
यसरी कम्पनीले खसीबोका ल्याउने भएकाले अब उपत्यकाबासीले दशैंमा खसीबोका र च्याङ्ग्राको लागि भौतारिनु नपर्ने भएको छ । खाद्य संस्थानले यसपालिको दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेको छ ।
यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने खाद्यले जनाएकाे छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ। यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।
संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ। यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन्। कहिलेबाट कहाँ कहाँ यस्ता पसल सञ्चालन हुने भन्नेबारे भने कम्पनीले अहिलेसम्म निर्क्यौल गरिसकेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार