बजारलाई प्रतिरोध क्षेत्र तोड्न हम्मे हम्मे ! प्रतिरोध क्षेत्र तोड्न नसक्नुको कारण ?
आर्थिक संवाददाता
असोज ६, २०७७ मंगलबार २३:९:५
६ असोज , काठमाडाैं । १६ सयको क्षेत्र बजारको लागि निकै ठूलो प्रतिरोधको रुपमा अघि सरेको छ । बजारले केही शेयर कारोवार दिनदेखि १६०० को प्रतिरोध क्षेत्र तोड्न सकेको छैन ।
२ कारोवार दिन अघि बजार ईण्ट्राडेमा १६०० को विन्दु माथि पुगे पनि बजारले त्यही दिन पनि त्यो विन्दुमाथि बन्द हुन असफल भएको थियो । मार्च महिनाको पहिलो कारोवार दिन पनि शेयरबजारले यही क्षेत्रलाई प्रतिरोध क्षेत्र मान्दै बजारले तल्लो दिशा समातेको थियो । तर फेब्रुअरी २०२० को बुल र्यालीमा भने बजार एकदिन १६०० माथि बस्न सफल भएको थियो ।
अहिलेको बजारले १६०० को विन्दु माथि बस्न नसकेको मुख्य कारण भनेको वाणिज्य बैंकको शेयर मूल्यमा आकर्षक वृद्धि हुन नसक्नु हो। वाणिज्य बैंकको नेप्से परिसूचकमा ठूलो असर पर्ने कारणले बजारमा निकै ठूलो बुलिस सेन्टिमेन्ट आउनको लागि वाणिज्य बैंकहरुमा राम्रो वृद्धि देखिनु पर्ने छ ।
तर वाणिज्य बैंकमा अधिक शेयर आपुर्तिको कारणले गर्दा थोरै वृद्धि हुँदा पनि बजारमा बेच्ने लगानीकर्ताको आईरो लाग्ने ट्रेण्ड रहेको छ । जसको कारणले वाणिज्य बैंकको शेयर मूल्यदेखि समस्त नेप्से परिसूचकलाई पनि ठूलो बुलिस ट्रेन्ड समात्न असहज भएको छ।
मंगलबार नेप्से परिसूचकमा १ दशमलव ४६ प्रतिशतको गिरावट आए संगै बजार १५४६ दशमवल १५ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २२ दशमलव ९१ अंकले घट्दा बजारमा कारोवार रकम २ अर्ब ८१ करोड पुगेको छ । सम्पूर्ण उपसुचकमा करेक्सन आएको छ। विकास बैंक उपसुचकमा आज सर्वाधिक गिरावट आएको छ।
बजार १५७६ को विन्दुमा खुलेकोमा सुरुवाती चरणमा १५७७को उच्च विन्दु समातेको थियो भने बजारको अन्त्य तर्फ १५४१ को न्यून विन्दु समातेको थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार