देउवाको रोजाईमा अधिवक्ता श्रेष्ठ बने जनसम्पर्क विभागको केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २२:५१:१६
६ असोज, स्याङ्जा । डेमोक्रेटिक लयर एसोसिएशनका पुर्व केन्द्रीय कोषाध्यक्ष एवं अधिवक्ता राम श्रेष्ठ नेपाली कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति समन्वय विभागको सदस्य पदमा मनोनित भएका छन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित) को धारा २५(९) बमोजिम कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा श्रेष्ठ जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा नियुक्त भएका हुन् ।कानुनविद् समेत रहेका राम श्रेष्ठ हाल स्याङ्जा कांग्रेसको राजनीतिमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
झन्डै दुई दशकदेखि स्याङ्जा काङ्ग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक जीवनको प्रारम्भ गरेका थिए । उनी तरुण दल हुँदै वर्तमान समयमा कांगेसको पार्टी राजनीतिमा स्याङ्जाबाट सक्रिय भुमिका निर्वाह गरिरहेका छन् ।
बिद्यार्थी, तरुण हुँदै बृद्ध सबैसँग मिलनसार स्वभाव देखाउने श्रेष्ठको जन्म स्याङ्जाकै चापाकोट नगरपालिकामा भएको हो । चापाकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठ स्याङ्जाका लोकप्रिय समाजसेवी भएको र उनको कार्यबाट प्रभावित भएर काङ्ग्रेस पार्टीले जनसम्पर्क समन्वय समितिको विभागको सदस्य जस्तो गरिमामय पदमा नियुक्त गरेकोमा स्याङ्जाबासीलाई गर्व अनुभव गरेको स्याङ्जा चापाकोटका तरुण युवा जमातले व्यक्त गरेका छन् ।
अहिलेसम्म श्रेष्ठले नाम अनुरुपकै सामाजिक काम गरिरहेको बेला सभापति देउवाको रोजाईमा विभागको सदस्य जस्तो गरिमामय पदमा नियुक्त भएसँगै आगामी दिनमा पनि जनताको मन मुटुमा बस्न सक्ने गरि कार्य गर्नेछन् भन्ने कुरामा आफुहरु ढुक्क भएको स्याङ्जा कांग्रेसका युवा कार्यकर्ता व्यक्त गर्छन् । स्याङ्जामा दरिलो र बौद्धिक युवा नेतृत्व कांग्रेसले पाएको र आगामी दिनमा जनताले पनि पाउने भन्दै आम जनमानसमा हर्ष उल्लास छाएको कुरा स्याङ्जा चापाकोटका युवा सन्तोष श्रेष्ठ बताउँछन् ।
स्याङ्जामा कांग्रेसको संगठन बिस्तारमा श्रेष्ठ अब्बल मानिन्छन् । उनले स्याङ्जामा कम्युनिस्ट आस्थावान सयौं कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराई स्थानीय चुनावमा स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेसका मेयरलाई बिजयी बनाएका थिए भने प्रदेशको चुनावमा समेत प्रत्येक्ष निर्वाचित स्याङ्जा क्षेत्र न.२(ख) बाट वर्तमान प्रदेश सभाका सांसद भागवतप्रकाश मल्ललाई समेत चुनावी मैदानमा श्रेष्ठले अतुलनीय योगदान गरेको कुरा स्याङ्जा कांग्रेसका नेता तथा कार्यकर्ताले बारम्बार व्यक्त गर्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार