प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पढाउँदै
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २३:३०:१९
६ असोज, बनेपा । कोरोना भाइरस ‘कोभिड-१९’ सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । तर सिन्धुपाल्चोकका रोशी गाउँपालिकाले बालबालिकालाई टोल टोलमा पुगेर पढाउनका लागि शिक्षक खटाइएको छ ।
रोशी गाउँपालिका–२ चण्डीस्थित ग्रामोन्नती प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पुगेर पढाउने गरेका छन् । यहाँको टोल टोलमा पुगेर विद्यार्थीलाई जम्मा गरी पढाउन थालेको सो विद्यालयका प्रधानाध्यापक रामबहादुर लामाले बताए । “हप्ताको तीन दिन सामाजिक दूरी कायम गरेर टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं”, उनले भने, “वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ ।”
यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुबै खुसी छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको बताइएको छ । त्यस्तै गाउँपालिका शिक्षा तथा खेलकूद शाखाबाट प्राप्त छात्रबृत्ति पनि टोल टोलमा नै वितरण गरिएको प्रअ लामाले बताए। “अहिले दैनिक रुपमा विद्यालय सञ्चालन हुन्छ । निर्माण गरिएको समय तालिका अनुसार टोल टोलमा गएर पढाउने कामलाई निरन्तरता दिँदै आएका छौं”, उनले भने।
रोशी गाउँपालिका–५ सिसाखानीका विद्या विकास प्राथमिक विद्यालयले पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिनका लागि टोल टोलमा गएर सिकाई सहजीकरणको कामलाई अगाडि बढाएको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले शिक्षा तथा खेलकूद शाखाको निर्देशनानुसार निरन्तर रुपमा विद्यालय सञ्चालन र सिकाई प्रक्रियालाई निरन्तरता दिने कार्य भइरहेको बताए ।
यसअघि नै गाउँपालिकाले निरन्तरता दिँदै आएको रेडियो शिक्षा कार्यक्रमलाई अहिले पनि जारी राखिएको छ । जेठ २२ गतेबाट वैकल्पिक सिकाई सहजीकरणलाई निरन्तरता दिदै आएको शिक्षा तथा खेलकूद शाखाका प्रमुख रामबहादुर तामाङले बताए । वैकल्पिक सिकाई कार्यविधि–२०७७ अनुसार रेडियो, अनलाइन र अन्य पहुँचमा समेत नभएका विद्यार्थीको हकमा कसरी सिकाई प्रक्रियालाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा सबै विद्यालयले कार्ययोजना बनाइरहेको उनको भनाइ छ ।
गाउँपालिकाअन्तर्गत ६९ सामुदायिक र तीन संस्थागत गरी कूल ७२ वटा विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार