वर्षाले उडान प्रभावित : फ्लाई दुबई लखनउ डाइभर्ट
नेपालबहस संवाददाता
असोज ६, २०७७ बुधबार १:५५:४९
६ असोज, काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा असर पुगेको हो ।
निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ । यो एयरलाइन्स लखनउ डाइभर्ट भएको छ । नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको जनाइएको छ ।
निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार