कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असोज ६, २०७७ बुधबार ३:२७:३३
६असोज, कर्णाली । कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पीसीआर परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् ।
यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एकजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको सङ्ख्या तीन हजार २२८ पुगेको महाशाखा प्रमुख शाहीले बताए । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आज प्रदेशमा थप २७ जना डिस्चार्ज भएसँगै प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ७१४ पुगेको छ । जसमा ५०८ जना सक्रिय संक्रमित रहेको जनाईएको छ । त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ७१ हजार ६५६ व्यक्तिको पीसीआर परीक्षण गरिएको छ ।
कर्णाली प्रदेश अस्पताल/ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ९४१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ६५४, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला, रुकुमपश्चिमले छ हजार ४४६ र दैलेख अस्पतालमा चार हजार ६१५ व्यक्तिको पिसिआर परीक्षण गरिएको महाशाखाका प्रमुख शाहीले जानकारी दिए । “पीसीआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार ५३१ व्यक्तिको नतिजा नेगेटिभ छ”, महाशाखा प्रमुख शाहीले भने, “संक्रमितमा दुई हजार ६३२ पुरुष र ५९६ महिला छन् ।” हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको उनको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार