बर्दियाका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १८:५८:३
७ असोज, काठमाडौं। बर्दियाका कोरोना भाइरस संक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बारबर्दिया नगरपालिका-३ बनियाभारका ३९ वर्षका पुरुषको उपचारको क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको हो ।
मृतक स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतामा पीसीआर परीक्षण गर्दा ३० गते उनमा कोरोना पुष्टि भएको थियो ।
भेरी अस्पताल भर्ना हुनुअघि ती पुरुषले कोरोना भएको आशंकामा २८ गते पीसीआर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिएका थिए । प्रतिष्ठानले उनको रिपोर्ट नेगेटिभ दिएको थियो ।
तर स्वास्थ्यमा समस्या भएपछि उनी २९ गते भेरी अस्पताल भर्ना भए । भेरीले पुनस् स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार