देउवाको चाल, पौडेलको ढाल ! काम लाग्ला त कांग्रेस बचाउन ?
इन्द्र रिजाल
असोज ७, २०७७ बुधबार २१:२५:२९
७ असोज, काठमाडौं । सत्ता भागबण्डामा अस्थायी युद्धविराम भएको नेपाल कम्युनिष्ट पार्टी मन्त्रिमण्डल पुनर्गठनमा अल्झिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सत्ताकै अंशियार हुने बाटोमा अग्रसर भएकाले नेकपाको सत्ता राजनीतिले प्रभावित भएको हो ।
आउने फागुनमा चौधौं महाधिवेशन गर्ने कार्यतालिका अहिलेसम्म कायमै छ । तर फागुनमा महाधिवेशन गर्न नसक्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवा अर्काे मिति तय गर्न कस्सिएका छन् । यही असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । निकट स्रोतका अनुसार, उक्त बैठकको अजेण्डा नै कार्यतालिका पर धकेल्ने रहेको छ ।
कोरोना महामारीले फागुनमा महाधिवेशन गर्न नसकिने भन्दै उनले आगामी भदौका लागि नयाँ मिति प्रस्ताव गर्दैछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति नजनाए उक्त प्रस्ताव सहजै पारित हुनेछ । विरोध गरेपनि फागुनमा भने महाधिवेशन नगर्ने तारतम्य मिलाइसकिएको छ ।
देउवा कार्यकालको सबैभन्दा रमाइलो पक्ष भनेको कार्यकाल पूरा भएपछि विभिन्न विभाग गठन भएका छन् । अवैधानिक भइसकेको कार्यसमितिले गरेको मनोनयन चरम विवादमा परेको छ । असन्तुष्ट पक्षले कडा विरोध गरेका छन् भने संस्थापन इतर पक्ष विभागमा परेकोमा दंग छन् ।
अरु तीनपटक प्रधानमन्त्री बन्ने लालच देउवामा पलाएको छ । देउवाको त्यही लालचलाई बल पुु¥याउने काम युवा नेताहरुबाटै भइरहेको छ । नत्र सबै एकजुट भएर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने हो भने कांग्रेसले नयाँ स्वरुप धारण गर्ने निश्चित छ । तर त्यसो हुन केले रोकेको छ, राम जाने ।
केपी ओली सरकार जनजीविकाका सवालमा हरेक क्षेत्रमा चुकेको छ । जनता ओली सरकारबाट दिक्क भएका छन् । तर प्रमुख प्रतिपक्षी दलले भने त्यतातिर ध्यानै दिइरहेको छैन । बरु ओलीसँग मिलेमतो गरेर सत्तामा भागबण्डा खोजिरहेको छ । वैकल्पिक सरकारको भूमिकामा रहनुपर्ने कांग्रेस त्यसै रनभुल्लमा छ । असन्तुष्ट नेताहरुसमेत देउवाको गलत कदमको खुलेर विरोध गर्न सकिरहेका छैनन् । शक्तिका दुर्दान्त खेलाडी देउवासँग जोरी खोज्ने भन्दा विरोध गरेजस्तो मात्रै गर्ने कतिपय युवा नेताहरुको चाल देखिन्छ ।
त्यसैले अर्काेपटक फेरि सभापति बन्ने देउवाको लालसा पूरा गर्न उनीहरु सहयोगी बनिरहेका छन् । कुनै ज्योतिषीले देउवालाई सात पटक प्रधानमन्त्री बन्ने ग्रहदशाको पाठ पढाएको छ । सोही बमोजिम अरु तीनपटक प्रधानमन्त्री बन्ने लालच देउवामा पलाएको छ । देउवाको त्यही लालचलाई बल पुु¥याउने काम युवा नेताहरुबाटै भइरहेको छ । नत्र सबै एकजुट भएर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने हो भने कांग्रेसले नयाँ स्वरुप धारण गर्ने निश्चित छ । तर त्यसो हुन केले रोकेको छ, राम जाने ।
नेकपा भित्र देखिएको सत्तामोह र पदलोलुप चरित्र जनताका लागि अपाच्य भइसक्यो । त्यसको प्रभाव आउने निर्वाचनमा पक्कै पर्छ । अर्थात झण्डै दुई तिहाई निकट सरकारको लोकप्रियताको ग्राफ अहिले स्वात्तै घटेको विभिन्न अध्ययनले देखाएको छ । त्यसको सुक्ष्म अध्ययन विश्लेषण गर्ने क्षमता नभएपनि देउवालाई ज्योतिषीको भविष्यवाणी भने याद छ । त्यसैले आउने निर्वाचनमा कांग्रेसले जित्ने भन्दा नेकपाले हार्ने आंकलन गरेका छन् उनले । त्रिशंकु संसद बन्यो भने प्रधानमन्त्री बन्ने सम्भावना रहने उनको अनुमान देखिन्छ ।
त्यसैले अर्काे कार्यकालका लागि उनी जसरी भएपनि सभापतिमा दोहरिन चाहन्छन् । त्यसैले साम, दाम ,दण्ड भेद सबै नीति लगाएर भएपनि उनी सभापति बन्न दाउमा रहेका छन् । परिस्थिति उनको अनुकुल बन्दै गएको छ । तर उनको कक्षा दोह¥याउने हठले कांग्रेसको साख र आकर्षण भने ध्वस्तै हुने अवस्था रहेको विश्लेषण गरिएको छ । कांग्रेसलाई नयाँ दिशा दिने सन्दर्भमा कतै कहिल्यै कुनै बहस वा छलफल भएको देखिंदैन ।
छलफल चलाउने हैसियत भएकाहरु नै देउवाको हली भएका छन् । मात्र गोरु जोत्ने उनीहरुको हैसियत देखिएको छ । उनीहरुको यही कमजोरीमा खेलेका छन् वृद्ध नेताहरुले । पौडेल पक्षमा देखिएका केही नेता थोरै बहस छलफल गर्न तयार छन् । तर देउवा पक्षलाई त्यो किंचित मन पर्दैन । त्यसैले गहन छलफल र मन्थन गर्ने कुरा देउवा कार्यकालमा सम्भवै छैन ।
संविधानमा उल्लेखित संघीय ढाँचा अन्तर्गतको संगठन निर्माणमा देउवा कहिल्यै सिरियस भएनन् । संघीय ढाँचाको संरचना नबन्दा सबै काम प्रभावित भए । जसको प्रभाव महाधिवेशनमा पर्न गयो । संविधान बमोजिमको विधान बनाउनै देउवाले दुई वर्ष व्यतित गरिदिए ।
आगामी महाधिवेशन सम्पूर्ण रुपले आफू अनुकुल नभएसम्म देउवा अगाडि नबढ्ने पक्षमा छन् । विजय गच्छदारको लोकतान्त्रिक फोरम र भर्खरै राप्रपा नेता सुनिल थापा समूह कांग्रेस प्रवेश गरेको छ । उनीहरुलाई समेत आगामी महाधिवेशनमा समेट्ने उनको दाउ छ । यसका लागि समायोजन गर्ने काम धमाधम भइरहेका छन् । तर आफू कमजोर हुने अवस्थामा भने देउवा पक्षले समायोजन नै अलपत्र पारेका छन् । विभिन्न ११ जिल्लामा अहिलेसम्म समायोजन प्रक्रिया अवरुद्ध छ ।
यद्यपि भर्खरै मात्र राधेश्याम अधिकारी नेतृत्वको केन्द्रीय निर्वाचन समितिले विभिन्न ६ जिल्लामा समायोजन पूरा भएको जानकारी दिएका छन् । अब केवल चार वटा जिल्लामा मात्र समायोजनको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । बाँकी जिल्लाहरुमा सिराहा, सप्तरी, धनुषा र सिन्धुपाल्चोक रहेका छन् ।
समायोजनकै काम बाँकी भएकाले महाधिवेशन प्रक्रियाले गति लिने कुरै भएन । यही देखाएर भएपनि देउवा महाधिवेशन मिति पछाडि धकेल्न चाहन्छ । जति लम्ब्यायो, त्यति जित्न सहज हुने उनको बुझाई रहेको छ । देउवाविरुद्ध मोर्चाबन्दी हुन थालेको बुझेपछि प्रारम्भबाटै महाधिवेशन पछाडि धकेल्ने प्रपञ्च रचिएको थियो । कार्यसमितिले ६ पटक म्याद थप्दासमेत सांगठनिक विवाद सुल्झाइएन ।
संविधानमा उल्लेखित संघीय ढाँचा अन्तर्गतको संगठन निर्माणमा देउवा कहिल्यै सिरियस भएनन् । संघीय ढाँचाको संरचना नबन्दा सबै काम प्रभावित भए । जसको प्रभाव महाधिवेशनमा पर्न गयो । संविधान बमोजिमको विधान बनाउनै देउवाले दुई वर्ष व्यतित गरिदिए । देउवा निर्वाचित भएको दुई वर्षपछि अर्थात ०७५ फागुनमा मात्रै संविधान अनुरुपको विधान तयार भयो । यही कारणले महाधिवेशन पर सरेको हो । देउवाको कछुवा चाललाई असन्तुष्ट समूहले बेलैमा खबरदारी गरेको भए अहिलेको अवस्था आउने थिएन । त्यसैले यो परिवेश तयार गर्ने काममा सबैको मिलिभगत छ भन्न सकिन्छ ।
जेभएपनि कांग्रेस इतिहासको हरेक कालखण्डमा नेतृत्वदायी भूमिकामा रहेको राजनीतिक शक्ति हो । सत्ताकै लागि मरिहत्ते गरेको भए पञ्चायतकालमा कांग्रेस विघटन भइसक्थ्यो । त्यसैले कांग्रेसको ओज र अस्तित्व सधैं उर्बरा र हराभरा छ । केवल बुझ्ने र बुझाउने क्षमता भएको नेतृत्व अहिले आवश्यक छ । देउवाबाट त्यो क्षमता देखिएन । धेरैपटक उनी परीक्षामा अनुतिर्ण भइसके । आफू पास हुने तर कांग्रेस फेल गराउने उनको रणनीति अब ग्राह्य छैन । कांग्रेस जोगाउने भए सरोकारवालाहरुले हेक्का राखौं ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार