पहिलो पटक बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार २०:५४:९
७ असोज, ललितपुर । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नाष्ट’ ले बजारमा पाइने थरिथरिका पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।
कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले जिकिर गरे । उनले भने, “यसबाट हरेक पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ,। यस यन्त्रले पीपीई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटीएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्को एयसटीएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पिपिई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात जीवाणुले कस्तो परिणाम दिन्छ यस बारेमा पनि जानकारी लिइन्छ ।”
सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पीपीईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराए । उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पिपिई च्याप्ने नमूना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पिपिइ तथा मास्क परीक्षणपछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताए ।
नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ ९पीसीटी० नाम दिएको छ । उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीईलाई प्रमाणीकरण गरेर बजार प्रवद्र्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ । नाष्टले विभागसँग यन्त्रको आइएसओ मान्यता प्राप्त लिने क्रममा रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार