६० रुपैयाँमै एक किलो प्याज किन्न पाइने !
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार २१:४२:२०
७ असोज, काठमाडौं । सरकारले बजार अनुगमनका क्रममा बरामद भएको प्याज किलोको ६० रुपैयाँमै बिक्री गर्ने भएको छ । काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६० रुपैयाँ किलोमै बिक्री गर्न थालेको हो ।
बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने लागिएको हो । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार मंगलबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको थियो ।
बुधबारबाटै प्याजको बिक्री थाल्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट मात्रै प्याज बिक्री सुरु गरिने भएको हो ।
व्यापार कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । एकजना ग्राहकले एक पटकमा तीन किलोसम्म मात्रै प्याज किन्न पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार