हुम्लाको लिमीमा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारको स्पष्टोक्ति
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार १:४४:१८
७ असोज, काठमाडौं । पछिल्लो समय हुम्लाको लिमी उपत्यकामा चीनले सीमा अतिक्रमण गरेको समाचार सत्य नभएको सरकारले स्पष्ट पारेको छ । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको सरकारले जनाएको हो ।
यसअघि २०७३ सालमा पनि यस्ता किसीमका समाचार आएको भन्दै सरकारले लिमी उपत्यकामा चिनिया सेना बसेको क्षेत्र नेपालको नभएको जनाएको हो । मन्त्रिपरिषद बैठकले नै हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेको हो ।
चीनले नेपाली भूमिमा भवनहरु बनाएको र लिमी उपत्यका हाम्रो हो भन्दै माइकिङ गरेर नेपाली टोलीलाई भनेको खबर सञ्चारमाध्यममा आएको थियो । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयमा २०७३ सालमै गृह, परराष्ट्र मन्त्रालय, नापी विभागका अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन गरेर सत्यता बाहिर आइसकेको जानकारी दिए ।
त्यतिबेला चीनले आफ्नै भूमिमा घर र भवन बनाएको प्रतिवेदन टोलीले दिएको थियो । अहिले पनि चीनले आफ्नै भूमिमा घर र भवन बनाएकाले त्यसबाट नेपाल आत्तिनुपर्ने कारण नरहेको मन्त्री ज्ञवालीको भनाई छ ।
चीनले नेपाली भूमिमा भवन र घर बनाउँदै गरेको समाचार सञ्चारमाध्यममा आएपछि केही दिनअघि हुम्लाका सीडिओ, सुरक्षाकर्मी लगायतको टोली लिमीमै पुगेर सो ठाउँको निरीक्षण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार