साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार ४:८:५३
७ असोज, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् ।
महासंघले सन् २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ ।
महासंघले गत जुन महिनामा सेप्टेम्बरसम्मको अवस्था हेर्ने र त्यसपछि प्रतियोगिताबारे निर्णय गर्ने जनाएको थियो । कोरोना महामारीको अवस्थामा खासै केही परिवर्तन नभएको भन्दै महासंघ यस वर्ष तय गरिएका तीनवटै प्रतियोगिता स्थगन गर्ने निर्णयमा पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार