प्रोजेक्ट बैंकमा झण्डै साढे ६ हजार आयोजना !
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १६:४६:३७
८ असोज, काठमाडौं । सरकारको प्रोजेक्ट बैंकमा देशभरबाट साढे ६ हजार वटा आयोजना समावेश भएका छन् । बैंकमा १ हजार बढी नयाँ आयोजना समावेश भएका राष्ट्रिय योजना आयोगले जनाएको छ ।
१ हजार १ सय ५३ वटा नयाँ आयोजनासहित साढे ६ हजार आयोजना प्रोजेक्ट बैंकमा समावेश भएका आयोगले जनाएको छ । तीमध्ये ५ हजार ३ सय ४१ आयोजना कार्यान्वयनको चरणमा रहेका छन् ।
सरकारले १५ औं आवधिक योजनाबाट प्रोजेक्ट बैंकको अवधारणा ल्याएको हो । पूर्वतयारी सकिएका आयोजना प्रोजेक्ट बैंकमा समावेश गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पार्दा कार्यान्वयन प्रभावकारी हुने योजना आयोगको अपेक्षा छ ।
आयोगले योजनावद्ध र औचित्य पुष्टि भएका आयोजनालाई मात्र बजेटमा पार्ने उद्देश्यले प्रोजेक्ट बैंकको अवधारणा ल्याएको हो । आयोगका अनुसार, प्रोजेक्ट बैंकको पूर्ण कार्यान्वयनका लागि आर्थिक वर्ष २०७९८० सम्म लाग्ने छ ।
बजेट निर्माणका क्रममा प्रोजेक्ट बैंककै आधारमा आयोजनाको पुनःप्राथमिकीकरण गरिने र त्यसरी सन्चालित परियोजना कुन चरणमा छ भनेर थाहा हुने योजना आयोगले बताएको छ ।
त्यसरी छानिएका आयोजनाहरु आगामी आर्थिक वर्षको लागि बजेट पाउन योग्य बन्नेछन् । प्राथमिकतामा पर्ने आयोजनालाई एयरमार्क नै गरेर मन्त्रालयहरुमा बजेटको सिलिङ जानेछ । यसरी प्राथमिकता प्राप्त, १५औं योजनाले अगाडि बढाउन खोजेको र तयारी अवस्थामा रहेका आयोजनाले पुग्दो बजेट पाउँछन् ।
विगतमा आयोजनालाई बजेटमा पार्न कुनै खास मापदण्ड थिएन । खुद्रे आयोजनाहरुमा अन्धाधुन्ध बजेट खनाइन्थ्यो । कतिपय आयोजना शुरु भएपनि औचित्य पुष्टि हुन नसकेर अलपत्र छन् । कतिपय आयोजना अगाडि बढे पनि स्रोत अभावका कारण सरकारले हरेक वर्ष बजेट दिन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार