खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २०:१९:२६
८ असोज, चन्द्रौटा । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनका अनुसार जीपमा सवार छ मध्ये तीन जना हाम फालेर बच्न सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए ।
वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा त्यसमा सवार प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगङ्गा नगरपालिका– १३ का केशव भाट क्षेत्री अहिलेसम्म फेला पर्न नसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुबै जनाको खोजी कार्य जारी राखेको छ । बुधबारदेखि नै तीन वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ । बुधवार नभेटिएपछि सो टोलीले आज बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी कार्य गरिरहेकोे प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार