कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार कट्यो
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २०:५३:५१
८ असोज, वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म संक्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णालीमा कोभिड–१९ का सक्रिय बिरामीको सङ्ख्या ५३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९९७ जनामा पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ । यस्तै हालसम्म कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा ४५८ सङ्क्रमित रहेका छन् ।
सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा ३३१ मध्ये प्रदेश अस्पतालमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा छ, वीरेन्द्रनगर होम आइसोलेसनमा २०७, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५, गुर्भाकोट आइसोलेसनमा २२, भेरीगङ्गा होम आइसोलेसनमामा दुई, बरहाताल आइसोलेसनमा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै देलेखमा २९ सङ्क्रमितमध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुई, दुल्लु अस्पतालमा एक, भैरवी आइसोलेसन सेन्टरमा तीन, चामुण्डा आइसोलेसन सेन्टरमा पाँच, आठबिस आइसोलेसन सेन्टरमा १४ ठाटीकाँध आइसोलेसन सेन्टरमा चार रहेका छन् ।
जारजरकोट अस्पतालमा दुई र नलगाड आइसोलेसन सेन्टरमा तीन गरेर जाजरकोटमा पाँच सङ्क्रमित रहेका छन् । सल्यानका ४८ जनामध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुई जना, रुकुमका विभिन्न आइसोलेसनमा ४० जना सङ्क्रमित रहेका छन् । यस्तै मुगुमा एक, डोल्पामा चार सङ्क्रमित आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार