बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य पुनः प्रभावित
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २२:४८:२३
८ असोज, गलकोट । बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग ‘रनवे’ कालोपत्र गर्ने कार्य पुनः प्रभावित बनेको छ । बन्दाबन्दीपछि शुरु गरिएको बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य वर्षातका कारण पुनः प्रभावित भएको हो ।
बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएर गत फागुनदेखि शुरु गरिएको निर्माण कार्य बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट रोकिएको थियो । धावनमार्ग कालोपत्र गर्न प्राधिकरणले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्रको काम पुनः प्रारम्भ गरिएको थियो । तर केही दिनदेखि निरन्तर वर्षाका कारण धानवमार्ग कालोपत्र गर्ने कार्य पुनः प्रभावित बनेको निर्माण कम्पनीले जनाएको छ ।
आगामी २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । ठेक्का सम्झौता भएलगतै धावनमार्ग कालोपत्र गर्नका लागि अवश्यक पूर्वाधार निर्माण शुरु गरे पनि बन्दाबन्दीका कारण काम प्रभावित भएको थियो ।
सरकारले विकास निर्माण अगाडि बढाउने भनेपछि पुनः कालोपत्रका लागि पूर्वाधार निर्माण थालिएको काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीका आधिकारिक प्रतिनिधि दिनेश रिजालले जानकारी दिए । “हामीले ठेक्का सम्झौता हुँदासाथ बलेवा विमानस्थलमा आवश्यक कामको थालनी गरेका थियौँ”, उनले भने, “धावनमार्गको कटिङसमेत सक्ने अवस्थामा पुग्दा बन्दाबन्दी शुरुभएपछि निर्माण कार्य प्रभावित भयो, अहिले पुनः काम थालेका छौँ ।
तर वर्षाका कारण समस्या भएको छ, सडक अवरुद्ध हुँदा कच्चा पदार्थको आयातमा समस्या भएपछि निर्माण कार्य पुनः प्रभावित भएको छ ।” शुरुमा विमानस्थलको धावनमार्ग र विमान पार्किङस्थल कालोपत्र हुने भागलाई कटिङ गरेको र काम नरोकिए कात्तिक मसान्तसम्म धावनमार्ग ग्राभेल गर्ने निर्माण कम्पनीका फिल्ड इन्चार्ज वासु थापाले जानकारी दिए । कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भएमा कात्तिकपछि कालोपत्र थालिने थापाको भनाइ छ ।
छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार अभावमा अहिले बन्द छ । बागलुङ–१४ नारायणस्थानमा रहेको विमानस्थलमा कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रका लागि वहुवर्षीय योजनाअन्र्तगत पहिलो चरणमा रु चार करोड बजेट विनियोजन गरेको हो ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारपक्ष बताउँछन् । एक वर्षअघि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले दिने सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टु इनअटर विमानले उडान भरे पनि बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार