असोज २० गतेसम्म जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २३:२:५१
८ असोज, काठमाडौं । जग्गा कित्ताकाट खोल्ने निर्णय असोज २० गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको हो । साथै सर्वोच्चले थप छलफल र आदेशका लागि १२ दिनपछि पेशी तोकेको छ ।
जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले भदौ २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार सोही आदेशलाई निरन्तरता दिएको फैसला सार्वजनिक भएको हो ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो। कित्ताकाट खुलाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले असोज ८ गते अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश दिँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो।
भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो। उक्त निर्णय उर्वर भूमी मास्ने योजनाका साथ आएको भन्दै विरोध भइरहेका बेला अधिवक्ता सन्तोष भण्डारीले भदौ २८ गते रिट दायर गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार