आज नेप्से झिनो अङ्कले उकालो, ५ उपसमूहको शेयर ओरालो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०७७ शुक्रबार ०:५२:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Sher_qXd7ohlnaI.jpg)
८ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्त ०.५२, जीवन बीमा ४४.१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७८ लाख ६४ हजार ४१२ बराबरको कारोबार भएको छ । यस्तै माथिल्लो तामाकोशी रु नौ करोड ५९ लाख ३६ हजार १५०, नेपाल पुनरबीमा कम्पनी रु नौ करोड ३८ लाख २४ हजार ६९८, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ९२ लाख ५७ हजार ३५४, नेपाल बैंक लिमिटेड रु आठ करोड ५१ लाख ८९ हजार १०१, अपि पावर कम्पनी रु सात करोड २६ लाख नौ हजार र नेशनल हाइड्रोपावर कम्पनी रु पाँच करोड ३१ लाख ७३ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।कारोबारका आधारमा आज अपि पावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७३, सिनर्जी पावर ९.६८, हिमाल दोलखा हाइड्रोपावर ९.६८, दिव्यश्वरी हाइड्रोपावर ९.६४ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाए । यस्तै, सिटिजन म्यूचअल फण्ड एक २.१२, यूनिलिभर २, ग्लोबल आइएमइ डिबेञ्चर २, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १.९८ र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.९६ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार