विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १२:१५:५९
९ असोज, न्युयोर्क । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ ।
इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी ‘आईएफआरसी’ को क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जानकारी दिइएको छ । कोभिड १९ ले पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ । जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रुपमा प्रदर्शन हुदै आएको सो प्रतिवेदनमा जनाइएको छ ।
उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्को गर्दै जोखिमको मात्रा बढाइदिएको प्रमाणित भएको पनि जनाइएको छ । सन् २०२० मा अहिलेसम्मको मौसमी प्रकोपका १३२ घटनाहरुमा ९२ ओटा कोभिड १९ को महामारीको साथ भएको पनि देखिएको बताइएको हो ।
कम्तीमा ५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोभिड १९ बाट प्रत्यक्ष प्रभावित भएको तथ्यांक सो प्रतिवेदनमा उल्लेख गरिएको छ । बाढी, खडेरी वा आँधीबेहरीबाट ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएका सोे प्रतिवेदनमा देखाइएको छ । यस प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको यी दुई देशको करिब ४ करोड व्यक्ति बाढी, आँधी र कोभिड १९ वाट प्रभावित भएका छन् । सिन्ह्वा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार