भारतको यस बर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को बर्षलाई सर्यो
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १२:४५:३८
९ असोज, गोवा । भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को बर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस बर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।
भारतमा कोरोना भाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस बर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् । आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो ।
उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “यस बर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।”
विगत पाँच दशकदेखि हुदै आएको भारतको बहुप्रतिष्ठीत बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो । एएनआई
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिकिन्दर नसकिँदै रश्मिका र सलमान खान अर्को फिल्ममा पनि सँगै देखिने
माघ १८, २०८१ शुक्रबार
अनुष्का-विराटको अंगरक्षकको तलब सीईओको भन्दा बढी
माघ १८, २०८१ शुक्रबार
महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै
माघ १७, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार