अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १३:४९:३९
९ असोज, महेन्द्रनगर । कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ ।
“पठनपाठनको पूर्व तयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाई प्रमुख भरतबाबु सुवेदीले भने, “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ ।” उनले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताए । “घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहेका छन”, उनले भने, “टोलरछिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हँुदैछ ।” कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन् ।
विद्यार्थी अभिलेखीकरणमा खटिएका शिक्षक लोकबहादुर सिंहले घरदैलोमा पुग्दा अभिभावक र विद्यार्थी विद्यालय सञ्चालन होस् भन्नेमा नरहेको बताए । “अझै कोरोनाको त्रास रहेकाले धेरै निजी स्कूलमा पढ्ने विद्यार्थी सरकारी स्कूलमा भर्ना हुन आउँदैछन्”, सिंहले भने, “हामीले अभिलेखीकरणसँगै विद्यार्थी भर्ना अभियानसमेत शुरु गरेका छौं ।” अनलइन कक्षालगायत वैकल्पिक विधिबाट शिक्षण हुँदा विद्यालयले चर्को शुल्क लिइरहेको अभिभावकको गुनासो रहेको पाइएको शिक्षक सिंहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार