रुकुमपश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १८:८:३३
९ असोज, रुकुमपश्चिम । रुकुमपश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई ३४ हजार १८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकामा ३५ हजार ७६० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । जिल्लामा बर्सेनि खाद्यान्न पुगेर बचत हुने गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । गत वर्ष एक हजार ५७२ मेट्रिक टन धान, गहुँ, मकैलगायतको खाद्यान्न बचत भएको थियो ।
जिल्लामा सबैभन्दा बढी गहुँ उत्पादन हुने गरेको छ । चार हजार ५८९ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकामा गत वर्ष २७ हजार ८५९ मेट्रिक टन गहुँ उत्पादन भएको केसीले बताए ।
त्यस्तै १४ हजार ९८८ मेट्रिक टन मकै, नौ हजार ७५६ मेट्रिक टन धान, एक हजार ११ मेट्रिक टन कोदो र एक दशमलव ८० मेट्रिक टन फापर उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा मकै चार हजार ६८ हेक्टर, धान तीन हजार ४८ हेक्टर, कोदो ३६९ हेक्टर, जौँ ३६७ हेक्टर र फापर दुई दशमलव पाँच हेक्टर जमिनमा खेती हुने गरेको छ । उर्वर भूमि र बाँझो जमिनको उपयोगलाई बढाइएका कारण खाद्यान्न उत्पादन बढिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार