एक साताका लागि कञ्चनरुप नगरपालिका बन्द
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २१:३१:९
◊ धीरुभाइ
९ असोज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले शुक्रबारदेखि सबै सेवाहरु एक साताको लागि बन्द गरिएको छ । सो पालिकाको एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवाहरु बन्द गरेको हो ।
शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र कार्यालय सिल गर्नुपर्ने अवस्था भएकोले शुक्रबारदेखि आगामी १५ गते सम्मका लागि प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको छ । एकसातासम्म नगरपालिकाको शिक्षा स्वास्थ्य, पशुसेवा कृषि र वडा नं. ८ बाट हुने सम्पूर्ण सेवा बन्द रहने बताइएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजविराज १५ निवासी ४५ वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताले बताए ।
थप एक जना कार्यालय सहयोगीमा कोरोनाको लक्षण देखिएकोले उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएको उनले बताए । कार्यालय सहयोगीलाई ज्वरो, सर्दी जस्ता लक्षण देखिएको बताइएको छ ।
यससँगै सो नगरपालिकामा हालसम्म संक्रमितको संख्या ३६ पुगेको छ भने २१ जना निको भएर घर फर्किसकेको उनले बताए । १५ जना सक्रिय संक्रमितमध्ये कार्यालय सहयोगीसहित पाँच जना नगरपालिकाले वार्ड नम्बर ११ स्थित दुर्गा आधारभूत विद्यालयमा सञ्चालन गरेको आइसोलेसनमा र १० जना होम आइसोलेसनमा रहेको बताइएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार