इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै शिक्षक
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २२:५२:३१
९ असोज, पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर शिक्षकलाई टोलटोलमै पठाएको छ । पञ्चकोशी माध्यमिक विद्यालय मात्रै होइन कुस्मा नगरपालिका –१२ को जनता सुदर्शन माध्यमिक विद्यालयले पनि टोलमै पुगेर पढाएको छ ।
इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्चालन गर्न नसकेपछि पर्वतका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले टोल शिक्षा पढाउन थालेका छन । विद्यालयले पठाएपछि अहिले शिक्षक विद्यार्थीलाई पढाउन टोलटोलमा पुग्न थालेका छन् । “इन्टरनेटको पहुँच सबै विद्यार्थीका बीचमा नहुने भएकाले टोलटोलमै पुगेर पढाउन थालेका छौँ”, पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटाले भने, “विद्यार्थीलाई शैक्षिक क्षति हुन नदिन हाम्रो ठाउँमा यो नै सबैभन्दा उत्तम विकल्प देखियो ।” विद्यालयले यसअघि टोलमा पुगेर गृहकार्य दिने र १० दिनपछि पुगेर गृहकार्य परीक्षण गरी थप गृहकार्य दिँदै आएको थियो । कक्षाकोठामा सामाजिक दूरी कायम गरेर पढाउन विद्यार्थी सङ्ख्या धेरै भएकाले कठिन छ । दशैँसम्म टोलटोलमै पुगेर यही विधिका आधारमा पठनपाठन गराउने योजना रहेको प्रअ सापकोटाले बताए।
सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराउने भनेको छ । निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाइमा सहजीकरण गर्न निर्देशन दिइएको छ तर पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन् । धेरै विद्यार्थी सिकाइ क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोलटोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रमअनुसारकै क्रियाकलाप जारी राखेको बताएका छन् ।
सदरमुकाम कुश्मा नगरपालिकाभित्रैका विद्यालयमा नेट अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ । विद्यार्थीलाई नजिकका विद्यालय, खाली घर, समाजघर वा घाम लाग्दा चौरमा पनि पढाउन थालिएको जनता सुदर्शन माविका शिक्षक आनन्द रिमालले बताए। जिल्लामा सङ्क्रमित थपिएको अवस्थामा टोल शिक्षाका लागि जाँदा विद्यार्थी र अभिभावक नै शिक्षकबाटै सङ्क्रममण आउने हो कि भन्ने चिन्तामा रहे पनि अहिले त्यो त्रास नरहेका कारण टोल शिक्षाका माध्यमबाट गरिएका सिकाइ प्रभावकारी बनेको उनको भनाइ छ ।
ग्रामीण क्षेत्रमा मोबाइलबाट लिइने डेटाबाहेक विकल्प नरहेको र त्यो पनि राम्रोसँग नचल्ने विद्यार्थीको गुनासो आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताउछन । “हाम्रोमा नेट उपलब्ध छैन । पहिलेदेखि नै शिक्षकको घर जुन ठाउँमा छ, सोही ठाउँका विद्यार्थी पढाउने र शिक्षक नरहेका टोलमा नजिक पर्ने शिक्षकलाई खटाएर पठनपठानमा सघाउने काम गरिरहेको उचैले बताए ।
कुश्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका प्रमुख विष्णु तिवारीले गाउँमा सङ्क्रमित नरहेका कारण यो अवस्थामा टोल शिक्षा प्रभावकारी रहेको र कतिपय विद्यालयका शिक्षकले पालो गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्ने भनी आफूलाई फोन गरेको भए पनि त्यसो गर्दा सरकारको आदेश उल्लघङ्न हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार