समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनीमाथि कारवाही शुरु
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २३:०:३
९ असोज, लहान । सम्झौताअनुसार समयमा काम सम्पन्न नगर्ने आठ वटा निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय लहानले कारवाही अघि बढाएको छ । सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने आठ वटा निर्माण कम्पनीमाथि कारवाही अघि बढाएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रवीन्दलाल दासले जानकारी दिए।
उनका अनुसार सिरहा र सप्तरीको योजनाको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरे पनि लामो समयसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया शुरु गरिएको छ । उनले बजगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि, काठमाडौं, बजगुरु विकास जेभी लहान, स्काइ लाइन कन्स्ट्रक्सन जनकपुर, नीलगिरि निर्माण सेवा काठमाडौं, याकधुम्ह्याङ र बिपी कन्स्ट्रक्सन जेभी लहान, प्रकाश र आश्रय जेभी काठमाडौँ, रोशन कन्स्ट्रक्सन प्रालि जनकपुर र जोशी कन्स्ट्रसन गाठ्ठाघर काठमाडौंलाई सात दिने स्पष्टीकरण सोधिएको जानकारी दिए ।
स्पष्टीकरण सोधिएका निर्माण कम्पनीबाट सात दिनभित्र सन्तोषजनक जवाफ नआए उनीहरुसँगको ठेक्का तोडिने प्रमुख दासको भनाइ छ । स्काइलाइन कन्स्ट्रक्सन जनकपुरले बन्दीपुर स्कूलदेखि उरायनीसम्मको सडक र लोकमार्ग कसहादेखि मुक्सारसम्मको सडकको २०७५ चैत २९ मा सम्झौता गरी २०७६ असार १५ मा सम्पन्न गर्ने सम्झौता गरेकोमा एक पटक म्यादथप गरी २०७७ असार १५ मा कार्य सम्पन्न गर्ने रहेकोमा हालसम्म भौतिक र वित्तीय प्रगति शून्य रहेकाले सात दिने स्पष्टीकरण सोधिएको प्रमुख दासले बताए ।
त्यस्तै सुन्दरी खोलापुल, बडहरा मैनाकडेरी बरमझिया सडकको २०७१ असार ३१ मा सम्झौता गरी २०७३ असार १५ मा सम्पन्न गर्ने सम्झौता गरेकोमा काम सन्तोषजनक रुपमा अघि नबढाएको नीलगिरि निर्माण सेवा काठमाडौंलाई समेत सात दिने स्पष्टीकरण सोधिएको प्रमुख दासले बताए ।
यसअघि सप्तरीको गिदेरी खोला पुल र महुली घाडन खोला पुलको ठेक्का लिएको पप्पु मृत सञ्जीवनी जेभी काठमाडौंमाथि कारवाही गरी दुवै ठेक्काबाट रु दुई करोड १८ लाख ७० रकम फिर्ता गराएको थियो । यस्तै सप्तरीको मुतनी खोला र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरमाथि कारवाही गरि रु ५९ लाख ७० हजार फिर्ता गराएको सो कार्यालयले जनाएको छ । कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम शुरु नगर्ने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीमाथि निगरानीसमेत बढाएको प्रमुख दासको कथन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार