गुल्मी अस्पतालका आकस्मिक सेवा वाहेक अन्य बन्द
नेपालबहस संवाददाता
असोज ९, २०७७ शनिबार ३:१३:२
९ असोज, गुल्मी । गुल्मी अस्पताल तम्घासको आकस्मिक सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यलाई कोरोना पुष्टि भएपछि अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।
कोभिड १९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाँव परीक्षणको क्रममा डा.पाच्य सहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानीप्रसाद शर्मा सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाँब सङ्कलन गरिएको छ ।
पहिलो पटक ३६ जनाको स्वाँव परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजेटिभ देखिएको जनाइएको छ । आज मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाँव परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको ¥यापिड टेष्टमा राखिएको र त्यस बाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार