सम्झना विकको हत्यारालाई कारबाही गर्न नेविसंघकाे माग
नेपालबहस संवाददाता
असोज १०, २०७७ आइतबार ४:३४:१०
१० असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी बझाङको मष्टा गाउँपालिकाका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि भएको हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
“लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ,” उनले भने ।
नेविसंघका महामन्त्री दिपक भट्टराईले केही महिना पहिले नवराज विकलगायत युवाको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताउँदै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका विभेद र आक्रमण रोक्नका लागि कडा कानून बनाउन सरकारसँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार