स्वास्थ्य चौकीमा पूर्वाधार अभावमा सेवा प्रभावित
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १४:५९:२९
११ असोज, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेकी रिया छन्त्याललाई बिरामी भएर स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या खुलेर बताउन असहज लाग्छ । बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सो वडाका अन्य नागरिक पनि छन्त्यालको जस्तै समस्या झेल्न बाध्य छन् । “एउटै कोठाबाट सञ्चालित स्वास्थ्य चौकीमा कोही नभएको मौका छोपेर जानुपर्ने बाध्यता छ”, उनले भने, “स्वास्थ्य परीक्षण गराउने ठाउँ पनि सहज छैन ।”
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने घ्यासीखर्कस्थित स्वास्थ्य चौकीमा पूर्वाधार अभाव हुँदा सेवा प्रभावित भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुविधासम्पन्न भवन तीन वर्षमा पनि सकिएको छैन ।
कुइनेमङ्गले स्वास्थ्य चौकीले करिब ३० वर्ष पुरानो एककोठे भवनबाट सेवा दिइरहेको छ । रघुगङ्गा नदीको कटानको जोखिममा रहेको स्वास्थ्य चौकी भवनमा एउटा मात्र कोठा छ । बिरामी जाँच्ने, गर्भ परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट सञ्चालन गर्नुपरेको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बुढामगरले बताए ।
जीर्ण भवनको साँघुरो कोठाबाट सेवा लिने नागरिक र दिने स्वास्थ्यकर्मीलाई असहज भएको छ । दुर्गम क्षेत्रमा पर्ने सो स्वास्थ्य चौकीबाट घ्याँसीखर्क, कुइने, चौरखानी, खरिबोट, दाड, दुवाडी, पात्लेखर्कका बासिन्दाले सेवा लिने गर्छन् । दैनिक कम्तीमा १० जनाले सेवा लिने गरेका छन् ।
पूर्वाधारको अभावका कारण सुरक्षित प्रसूति सेवा शुरु गर्न सकिएको छैन । गर्भवतीहरु सुत्केरी हुन चिमखोला र बेनी पुग्नुपर्ने बाध्यता रहेको पात्लेखर्कका बासिन्दा रहेकी वडा सदस्य प्रिती पुनले बताए । “खर्चको जोहो गर्न सक्नेहरु सुत्केरी हुन बेनी र पोखरा जान्छन”, उनले भने, “आर्थिक जोहो गर्न नसक्ने विपन्न गाउँमै असुरक्षित प्रसूति हुन बाध्य छन् ।”
असुरक्षित प्रसूति हुँदा बच्चा र आमाको ज्यान जोखिममा परेको छ । सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको हो । विसं २०७४ भदौमा सङ्घीय सरकारअन्तर्गतको शहरी विकास विभागको भवन डिभिजन कार्यालले भवन निर्माण शुरु गरेको थियो ।
दुईतले भवन बनाउन मसुद–बिएन–त्रिशक्ति जेभीसँग रु एक करोड ६० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । अठार महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माणले अझै पूर्णता नपाएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।
“ठेकेदारले फर्निचर, घेराबार र प्रवेशद्वारलगायतका काम सकेर हस्तान्तरण गरेकाले नयाँ भवन भवन प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने, “नयाँ भवन निर्माण सकेर छिटो हस्तान्तरण गरी सेवा प्रवाहलाई सहज बनाउन र रघुगङ्गा नदीको कटान नियन्त्रण गर्न ताकेता गरिरहेका छौँ ।” निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले २०७५ भदौमा रघुगङ्गा नदीमा आएको बाढी पसेको र भौगोलिक विकटतालगायतका कारणले ढिलाइ भएको भवन दशैँअघि नै हस्तान्तरण गरिने प्रतिक्रिया दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार