निर्माण व्यवसायीलाई कारवाही शुरु
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १८:३८:४१
११ असोज, वाग्मती । लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही प्रक्रिया शुरुआत गरेको छ ।
कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात् ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरे पनि सम्पर्कमा नआएकाले बाध्य भई कारवाहीमा जानु परेको जानकारी दिए । कालो सूचीमा राख्ने प्रक्रियाअन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौंका एक निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँग आर्थिक वर्ष २०६५/०६६ देखि २०७०/०७१ सम्मको सम्झौता रहेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ ।
बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिए ।त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याइने कार्य भइरहेको जनाइएको छ । निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्तिसमेत रहेको बताए । एकैपटक धेरै बोलपत्र लिने र आफूले गर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार