पद्मश्री साहित्य सम्मान ‘हंस’लाई, तर प्रश्रितसँग पुरस्कार नलिने उप्रेतिको घोषणा
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १८:४०:२६
११ असोज, काठमाडौं । यस वर्षको पद्मश्री साहित्य सम्मान ‘हंस’ उपन्यासलाई दिइने भएको छ । हंस पूस्तकका लेखक सञ्जीव उप्रतीलाई खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख रुपैयाँ राशीको यो पुरस्कार दिने निर्णय गरेको हो ।
गत बर्ष प्रकाशित भएको यो पूस्तकमा जीवन, जगत र समग्र मानव जीवनको यतार्थ चित्रण छ । त्यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने भएको छ। विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका प्रश्रितलाई उक्त सम्मान दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ।
तर हंस प्रस्तकका लेखक सञ्जीव उप्रेतिले एउटै मञ्चमा मोदनाथ प्रश्रितसँग उभिएर पुरस्कार नलिने बताएका छन् । भ्रष्टाचा विरोधी अभियान्ता शारदा भुषालले ८ महिनासम्म आफूलाई प्रश्रितले बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । खबरदार नामक पूस्तकमार्फत भुषालले प्रश्रितको यौन दुव्र्यवहारबारे खुलासा गरेकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार