रारा जाने छोटो सडक निर्माण
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार २३:०:५९
११ असोज, खलङ्गा । खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे । पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हुँदैकनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुँदै राराताल जानेको लर्को लाग्ने गरेको छ ।
नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ । कर्णाली प्रदेश सरकारबाट खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो । यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन् । कोरोना कहरले पर्यटक घटेका छन् । पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिए । उनले भने,“यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन् ।
विभिन्न जडिबुटी, फुलसँग रमाउँछन् । यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन् । निकै रमाइलो हुन्छ ।” खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हुँदै नाग्मगमगडी सडकबाट फर्कने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार