अर्थतन्त्रको बृद्धिदर शून्यको नजिक, अर्थविद् सोचमग्न !
नेपालबहस संवाददाता
असोज ११, २०७७ सोमबार ०:४४:५
११ असोज, काठमाडौं । चैतदेखि सुरु भएको लकडाउन अनि जनस्वास्थ्य सङ्कटको अवस्थाका माझ अर्थतन्त्रमा असर परिरहेकाे छ । सात प्रतिशतमा वृद्धि हुने आशा गरिएको अर्थतन्त्रको वृद्धिदर शून्यको नजिक पुगिरहँदा केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणले भने कतिपय अर्थविद्लाई सोचमग्न बनाइदिएको छ।
कोरोना भाइरस महामारीका कारण नेपालको अर्थतन्त्र निकै जोखिममा परेको अर्थविद्हरूले सुरुदेखि नै भन्दै आएका थिए। लाखौँ युवा विदेशमा काम गर्ने र ती देशमा महामारी फैलिएमा या त उनीहरूको काम गुम्ने या उनीहरू ठूलो सङ्ख्यामा फर्कने चेतावनी दिइएका थिए।
तर शुक्रवार जब केन्द्रीय बैंकले यो आर्थिक वर्षको पहिलो महिना साउनको विवरण सार्वजनिक गर्यो त्यसमा फरक तस्बिर देखियो। विप्रेषणमार्फत् हुने आम्दानी अघिल्लो वर्षको सोही महिनाको तुलनामा यसपाली साउनमा २३ प्रतिशतले बढेर ९२ अर्ब रुपैयाँ नाघेको छ। अर्थतन्त्रको स्थिरतासँग नजिकको साइनो भएका अन्य सूचक पनि सो अवधिमा राम्रै रहेको देखिएको बीबीसीले जनाएकाे छ ।
महँगीको वृद्धि दर जनाउने मुद्रास्फिति पोहोरको तुलनामा पनि कम अर्थात् ३.४९५ मात्र रहेको छ भने देशले आम्दानी गर्ने र खर्च गर्ने भुक्तानी सन्तुलन नाप्ने शोधनान्तर स्थिति ५१ अर्बले नाफामा छ। विदेशी विनिमय सञ्चितिको परिमाण १२ अर्ब डलर पुगेको छ। आयात झन्डै २० प्रतिशतले घटेको छ भने निर्यात झन्डै ९ प्रतिशतले बढेको छ। तर यो अवधिमा व्यापार घाटा अझै पनि ठूलो छ अथवा करिब ७६ अर्ब रुपैयाँ रहेकाे छ ।
अर्थविद् केशव आचार्यले यी विवरण हेर्दा अलि अनपेक्षित र आश्चर्यजनक लागेको बताएका छन् । यी सूचक भनेको मानिसको हकमा ब्लड प्रेसर र सुगर नापेको जस्तै हो। अहिलेसम्म अर्थतन्त्र ठीकै अवस्थामा रहेको छ । अर्का अर्थविद् एवं राष्ट्र बैंकका अनुसन्धान विभागमा लामो अनुभव सँगालेका नरबहादुर थापाले पनि समष्टिगत आँकडा राम्रै देखिएको बताए ।
यो आर्थिक वर्षको पहिलो महिनामा विप्रेषणमा राम्रै वृद्धि देखिएको छ भने विदेशी मुद्रा सञ्चिति पनि मनग्गे छ तर मन्दीको मारका कारण भित्रभित्रै खोक्रो भइरहेको आशङ्का ज्यूँ का त्यूँ छन । यसैमा जोड दिँदै समष्टिगत आँकडा राम्रो भएपनि अर्थतन्त्रको सूक्ष्मगत अवस्था निकै चिन्ताजनक रहेको थापाले बताएका छन् ।
पहिलो कुरो त निजी क्षेत्रतर्फ जाने कर्जा घटेको छ। ब्याजदर घटेको छ अनि अधिक तरलता देखिएको छ। यसले निजी क्षेत्र तथा व्यवसायीमा चरम निराशा वा निष्क्रियता सङ्केत गर्छ । त्यस्तै औद्योगिक वस्तुहरूको आयात, पेट्रोलियम पदार्थको आयात तथा पूँजीगत सामग्रीको आयात घट्नु नेपालजस्तो विकासोन्मुख देशको निम्ति खुशीको खबर पक्कै हाेइन ।
विप्रेषणको चिन्ता
महामारी सुरु भएदेखिनै विप्रेषण आप्रवाहलाई लिएर नेपालका नीतिनिर्माता तथा अर्थविद्हरूले चिन्ता जनाएका थिए। तर साउनसम्म पनि यसको आप्रवाह बढिरहेको छ।
विदेशमा रहेका नेपालीहरू काम गर्नेठाउमा आर्थिक प्रभाव त्यति परेन होला अनि उनीहरूले बैंकिङ माध्यममार्फत् नै पैसा पठाउने बानी बढाएपछि विप्रेषणको राम्रै स्थिति देखिउको छ । तर आउने दिनमा अझै पनि जनस्वास्थ्यका सङ्कट बाँकी नै छन्। फेरि लकडाउन नहोला पनि भन्न सकिन्न।
त्यसमाथि दशैँ तिहार ताका सरकारले कर्मचारीहरूलाई पेश्की तथा अन्य खर्चमा धेरै रकम पनि खर्चनुपर्नेछ जबकि राजस्वमा चाप परिरहेको छ।
साना तथा मझौला व्यवसायी तथा पर्यटन व्यवसायीहरूको हालत नाजुक नै छ। यी पृष्ठभूमिका माझ आगामी दिन चुनौतीपूर्ण रहिरहनेमा भने अर्थविद्हरू एकमत छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार