कोरोनाले एक जनाको मृत्यु भएपछि नगरपालिका शिल
नेपालबहस संवाददाता
असोज ११, २०७७ सोमबार २:२९:२७
११ असोज, बैतडी । कोरोनाले एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका शिल गरेको छ । नगर उपप्रमुख जानकी ऐर बमको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोनाका कारण नगरपालिका क्षेत्र शिल गर्ने निर्णय गरेको हो।
बैठकले स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने छन् ।
यस्तै, सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ। यसका साथै आवत जावतमा पनि पूर्ण रुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा आउन जान पनि रोक लगाइएको छ। भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ बर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रवार स्थानीय लामाधारमा मृत फेला परेका थिए।
मृत भेट्टिएका ती पुरुषको शनिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो। कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरेर परीक्षण गर्ने निर्णय पनि भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार